You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः सीआईबीको दोस्रो टोली कञ्चनपुरमा

निर्मला हत्या प्रकरणः सीआईबीको दोस्रो टोली कञ्चनपुरमा

९ पुष २०७५, सोमबार १०:५५

काठमाडौं,९ पुस -बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अर्को टोली कञ्चनपुर पुगेको छ ।

सीआईबीका प्रवक्ता एसपी सूदीप गिरीको नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ। सीआईबीको एउटा टोली कञ्चनपुरमै रहेका बेला काठमाडौंबाट गिरी नेतृत्वको टोली त्यहाँ पुगेर अनुसन्धान थालेको हो ।

‘निर्मला प्रकरण अनुसन्धानका लागि हाम्रो टोली निरन्तर ककञ्चनपुरमै मै छ । सीआईबीका प्रवक्ता समेत रहेका गिरीले भने– ‘हामी अनुसन्धानकै क्रममा छौं, केही प्रगती भएको छ । यसबारे थप बोल्नु अहिले हतार हुन्छ ।’

  • 2
    Shares