You are here
Home > समाचार > बालिकालाई मिनीट्रकमा राखेर सामूहिक बलात्कार गर्ने नुवाकोटका तीन युवा पक्राउ

बालिकालाई मिनीट्रकमा राखेर सामूहिक बलात्कार गर्ने नुवाकोटका तीन युवा पक्राउ

९ पुष २०७५, सोमबार १२:३७

रसुवा,९ पुस रसुवामा एक बालिका सामूहिक रूपमा बलात्कृत भएकी छिन। शनिबार राति रसुवाको टिमुरेमा ती बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक रञ्जन अवाले दैनिकीलाई जानकारी दिए । प्रहरी निरीक्षक अवाले बलात्कारमा संलग्न नुवाकोट स्थायी घर भएका तीन युवालाई पक्राउ गरिएको बताए ।

प्रहरीकामा ती बालिकाले आइतवार टिमुरे प्रहरीमा जाहेरी दिएपछि संलग्न तीन युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले बलात्कारका निम्ति प्रयोग गरेको बा४ख ४३२ नम्बरको आइचर कम्पनीको मिनीट्रक समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम धुन्चेबाट टिमुरे जानेक्रममा शनिबार साँझ किशोरीलाई तीन जनाले गाडीभित्रै बलात्कार गरेको बालिकाले बताएकी छिन ।

प्रहरी निरीक्षक अवाले दैनिकीलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरापलिका ६ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन । तीन जना युवाले बालिकालाई गोसाइँकुण्ड गाउँपालिका ५ याङयाङ खोलामा पुगेपछि बलात्कार गरेका थिए ।

टिमुरे प्रहरीले पक्राउ गरेका तीनै जना युवालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रसुवा पठाएको छ ।