You are here
Home > समाचार > दिर्घकाली हवाई योजनाको तयारीमा नेपाली सेना

दिर्घकाली हवाई योजनाको तयारीमा नेपाली सेना

२० पुष २०७५, शुक्रबार १३:२३

काठमाडौं –नेपाली सेनाले ४ वटा हेलिकप्टर विशिष्ट तथा अतिविशिष्ट व्यक्तिका लागि मात्रै तयारी हालतमा रहने गरी दीर्घकालिन हवाई योजना तयार पारेको छ ।

सरकारले विशिष्ट व्यक्तिका लागि भन्दै थप हेलिकप्टर किन्न लागेको हो । सोही योजनाअनुसार सेनाले यसको खाका तयार पारेको हो ।सैनिक हवाईसाधनलाई भीभीआईपी(मध्य एयरबेस (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल), पूर्वी एयरबेस (विराटनगर) र पश्चिम एयरबेस (सुर्खेत) अन्तर्गत विकेन्द्रीकरण गर्दै सेनाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ट तथा विशिष्ट व्यक्तिका लागि मात्रै उडान भर्न ४ वटा हेलिकप्टर सहितको कार्ययोजना बनाएको हो । सेनाको उक्त कार्ययोजना रक्षा मन्त्रालयमा पेश भइसकेको छ ।

यसका खरिद प्रक्रियामा रहेका बाहेक प्रतिगोटा डेढ अर्ब भन्दा बढी मूल्यका थप ३ वटा हेलिकप्टर किन्नुपर्ने छ । सेनाको योजनाअनुसार यसबाहेक पनि कार्ययोजना अनुसार समेट्न २ वटा फिक्स विङ हेलिकप्टर पनि खरिद गर्नुपर्ने छ ।अहिले बेल (अमेरिका) १, अगुष्टा (इटाली) २, एमआई–१७ (रसिया) २, फिक्स विङ कार्गो (इन्डोनेसिया) र ट्रेनर (अमेरिका) १(१ गरी ८ वटा खरिद प्रक्रियामा छन् ।

भीभीआइपीबाहेक मध्य एयरबेस १३, पश्चिम एयरबेस अन्तर्गत ८, पूर्वी एयरबेस अन्तर्गत ४ र एभिएसन तालिम केन्द्रमा २ वटा रहने गरी हवाई साधन बाँडफाँट गरिने सेनाले जनाएको छ ।सेनाको हवाई महानिर्देशनालयअन्तर्गत सेनासँग अहिले इकुरेल ३, बेल र लाञ्चर २\२, एएलएच–ध्रुव १, ४ वटा एमआई–१७, स्काई ट्रक १ र आइल्याण्डर १ गरी १४ वटा हेलिकप्टर रहेकोमा ८ वटामात्रै सञ्चालनमा छन् ।

बिमा नवीकरण तथा मर्मतसम्भारका क्रममा रहेका इकुरेल, बेल, लाञ्चर, एम–आई १७, स्काइ ट्रक र आइल्याण्डर १\१ गरी ६ वटा हेलिकप्टर ग्राउन्डेड अवस्थामा छन् ।

  • 2
    Shares