You are here
Home > राजनीति > वाइडबडी प्रकरणः वायु सेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो

वाइडबडी प्रकरणः वायु सेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो

२० पुष २०७५, शुक्रबार २०:१६

काठमाडौं -वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । लेखा समितिमा वाइडबडी छानविन चलिरहेका बेला मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले उनलाई कालोमोसो दलेका छन् । क्रान्तिकारी माओवादीको युवा संगठनले कालोमोसो दलेको छ।

कंसाकारलाई कालोमोसो दलेको क्रान्तिकारी युवा लिगले स्वीकार गरेको छ । वाइड बडी विमान खरिदमा अर्बौ राज्यको ढुकुटी लुटे भन्दै आफुहरुले कालोमोसो दलेर कारवाही गरेको क्रान्तिकारी युवा लिगका ३ प्रदेशका संयोजक केशव ढलकुटीले बताए ।

पछिल्लो समय मोहन बैद्यले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीले भ्रष्टाचारीलाई सार्वजनिक कारवाही गर्ने नीति लिएको छ । पार्टीको निर्णय र निर्देशन अनुसार आफुहरुले कालोमोसो दलको ढलकुटीले बताए । युवा लिगका कार्यकर्ताहरु दिउसो चार बजे कंसाकारको कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन्।

  • 2
    Shares