You are here
Home > समाचार > कामपाको ‘पिक एण्ड ड्रप’ कार्यक्रमले यात्रुलाई सास्ती

कामपाको ‘पिक एण्ड ड्रप’ कार्यक्रमले यात्रुलाई सास्ती

२३ पुष २०७५, सोमबार १७:१२

काठमाडौं-काठमाडौँ महानगरपालिकाले शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमले यात्रुले सास्ती भोग्नु परेको छ।यही पुस १ गतेदेखि शुरु गरिएको उक्त कार्यक्रमले ट्राफिक जाम कम भएको कामपाले जनाए पनि यात्रुलाई चढ्न र ओर्लन असहज भएको हो। पहिलो चरणमा टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेटलगायत स्थानमा शुरु गरिएको छ।

तर यस बारे भने यात्रुलाई जानकारी नभएपछि भृकुटीमण्डपमा ओर्लिनुपर्ने यात्रुले जमल र आरएनएसीमा ओर्लिनुपर्ने बाध्यता छ। भृकुटीमण्डपमा आएर रोकिने यात्रुलाई साँझ पख घर फर्किन समेत समस्या भएको छ भने अर्कोतिर आरएनएसी र जमलमा गाडी रोकिने भएपछि त्यस क्षेत्रमा ट्राफिक जाम झन् हुने गरेको छ।

यसअघि भृकुटीमण्डपबाटै यात्रु चढाउने र ओराल्ने गरिएकामा अहिले कामपाले त्यहा डोरी टागेर राखेको छ । न त गाडी रोक्न पाइन्छ न त यात्रु चढ्न र ओर्लन नै ।

यता कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले अहिलेको व्यवस्थाले यातायात व्यवस्थापन निकै सहज भएकाले अन्य स्थानमा पनि उक्त व्यवस्था शुरु गर्न लागिएको बताएका छन् । गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने गरेको थियो तर अहिले यस्तो समस्या नभएको प्रवक्ता डङ्गोललले बताए।

 

  • 19
    Shares