
काठमाडौं –राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी बर्खास्तमा परेका छन्। सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो। मन्त्रिपरिषदको बैठकले नयाँ प्रमुखमा विभागकै वरिष्ठ एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको छ। नवनियुक्त प्रमुख अधिकारीले सोमवार साँझ नै बरफबागस्थित कार्यालयमा पदभार ग्रहण गरेका छन्। बर्खास्तमा परेका रेग्मीको कार्यकाल अझै पाँच महिना बाँकी रहेको थियो ।
- 39Shares