You are here
Home > प्रशासन > सशस्त्र प्रहरी बलका डिएसपीका कारण क्याप्टेनको घर भाँडिदै

सशस्त्र प्रहरी बलका डिएसपीका कारण क्याप्टेनको घर भाँडिदै

२४ पुष २०७५, मंगलवार १०:०५

काठमाडौं -सशस्त्र प्रहरी बलका एक डिएसपीका कारण नेपाली सेनाका क्याप्टेनको घर भाँडिने अवस्थामा पुगेको छ । लामो समयदेखि सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा कार्यरत डिएसपी युवराज अर्यालको सम्बन्ध श्रीमतिसँग रहेको जानकारी पाएपछि कलंकी घर भएका क्याप्टेनको घर भाँडिन लागेको हो ।

शुरुमा डिएसपी अर्यालले क्याप्टेनकी श्रीमतीलाई सशस्त्र प्रहरी बल भित्रको सरुवा तथा बढुवामा बिचौलियाको रुपमा प्रयोग गरेको र पछि उनैसँग प्रेममा परेको अर्याल निकटकले जनप्रहारलाई जानकारी दिए ।

डिएसपी अर्यालले उनलाई काठमाडांंै, पोखरा, धुलिखेल, नगरकोट लगायतका ठाउँमा घुमाउन लगेको चर्चा समेत यतिखेर मुख्यालयमा चुलिएको छ । अर्यालले उनिसँग पछि विवाह गर्ने वचन समेत दिएको स्रोत बताउँछ । उपत्यका वाहिर दरबन्दी भएका सेनाका क्याप्टेनले यस विषयमा जानकारी पाएपछि हालै श्रीमतीसँग सम्बन्ध विच्छेद मागेका छन् । क्याप्टेनको घरमा आगो सल्केपछि डिएसपी अर्याल अहिले उनिहरूसँग सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार डिएसपी सम्पर्कविहीन भएपछि क्याप्टेनकी श्रीमती हलचोकमा उजुरी गर्ने तयारीमा छन् ।

डिएसपी अर्यालले क्याप्टेनकी श्रीमतीका अतिरिक्त बालाजु घर भएकी थापा थरकी एक युवतीलाई विवाह नै गर्ने गरि मायाजालमा पारेका छन् । थापा थरकी ति महिलासँगको डेटिङका तस्बिर तथा भिडियो जनप्रहारलाई प्राप्त भएको छ ।

स्रोतका अनुसार २६ वर्षिया ती युवतीलाई पनि अर्यालले शुरुमा सशस्त्र प्रहरी बलका कर्मचारीहरूको सरुवा तथा बढुवामा रकम उठाउन विचौलियाको रुपमा प्रयोग गरेका थिए ।

समस्यामा परेका कर्मचारीले पायक सरुवा तथा बढुवाका लागि तिनै युवतीमार्फत आर्थिक लेनदेन गरेका थिए । शुरुमा ति युवतीको सम्बन्ध सशस्त्रकै अर्का डिएसपी होम ज्ञवालीसँग रहेको भए पनि पछि अर्यालसँग नजिकिन पुगेको बताइएको छ । तत्कालिन कानुन शाखाका प्रमुख डिएसपी अर्याल र कर्मचारी प्रशासन शाखाका डिएसपी ज्ञवालीले यिनै थापा थरकी युवतिलाई बिचौलियाको रुपमा प्रयोग गरेर मोटो रकम पनि उठाएको बताइएको जनप्रहार साप्ताहिकले समाचार प्रकासित गरेको छ ।

  • 211
    Shares