You are here
Home > समाचार > भोलीदेखि अनशन बस्ने डा.केसीको सरकारलाई चेतावनी

भोलीदेखि अनशन बस्ने डा.केसीको सरकारलाई चेतावनी

२४ पुष २०७५, मंगलवार २०:१२

काठमाडौं-इलाम स्वास्थ्य शिक्षा र सेवामा सूधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले भोलि (बुधबार)देखि इलाममा सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

डा. केसीले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने केसीले बताए । यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए। तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएका थिए ।

  • 3
    Shares