You are here
Home > समाचार > लागुऔषध र अवैध मदिराको बिक्री वितरण नियन्त्रण गर्न २९ प्रहरी एकाइ

लागुऔषध र अवैध मदिराको बिक्री वितरण नियन्त्रण गर्न २९ प्रहरी एकाइ

२६ पुष २०७५, बिहीबार १०:५१

सुर्खेत- ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयले लागुऔषध र अवैध मदिराको बिक्री वितरण तथा ओसारपसारमा नियन्त्रण गर्न मातहतका २९ प्रहरी एकाइलाई सक्रिय बनाएको छ ।

प्रहरीले ‘शहर तथा गाउँ, शान्त, सुन्दर र सभ्य बनाउँ’ भन्ने सन्देश जिल्लाका गाउँ, बस्ती, टोल, विद्यालयसम्म पु¥याउनाका साथै पुस मसान्तसम्ममा जिल्लामा सम्पूर्ण बस्तीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

उक्त कार्यालयले सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतका नौवटै स्थानीय तहमा सञ्चालन गर्दै आएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीको खोजतलास र कडा जाँचले अहिले लागुऔषध कारोबारी पलायन हुनाका साथै र दैनिक सयौँ लिटर जाँड रक्सी बरामद गरी नष्ट पार्न थालिएको र यसका उत्पादक, वितरक र प्रयोगकर्ता निरुत्साहित भएको वीरेन्द्रनगर नगरपालिका–५का कर्णबहादुर शाहीले बताउनुभयो ।

“यसले अवैध धन्दा गर्नेलाई सचेत बनाएको छ”, शाहीले भन्नुभयो, “कानूनको प्रभावकारी कार्यान्वयन हुन थालेजस्तो महसुस भइरहेको छ।

सामाजिक अपराधविरुद्धका ‘जिङ्गल’ प्रसारण, सवारी दुर्घटना तथा ट्राफिक नियमसम्बन्धी कार्यक्रमबाट एक लाख २७ हजारभन्दा बढी यहाँका नागरिकलाई सचेत गराइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

त्यसैगरी प्रहरीले वीरेन्द्रनगर, लेकबेँसी, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा सामुदाय साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ ।

  • 5
    Shares