You are here
Home > प्रशासन > प्रधानमन्त्रीका परिक्षाहरुमा सहभागी हुदै मुख्यसचिव लोकदर्शन रेग्मी, दिलिपका हकमा पास !

प्रधानमन्त्रीका परिक्षाहरुमा सहभागी हुदै मुख्यसचिव लोकदर्शन रेग्मी, दिलिपका हकमा पास !

२७ पुष २०७५, शुक्रबार ०४:०५

रवि धामी
मन्त्रिपरिषदको गत सोमबार बसेको वैठकले नेपाल विशेष सेवा (आठौ संसोधन) नियमावली २०७५ पारित गर्दै राष्ट्यि अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मीलाई पदमुक्त गर्यो । सोहि वैठकले रिक्त रहेको सो पदमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारीलाई बढुवा गरि सोहि दिन देखि कार्यभार सम्हाल्ने गरिनियुक्त गर्यो । अपरान्न ४ ३० बजेदेखि सिहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको वैठक नसकिदै सांजm ६ बजे बरफबाग स्थित कार्यालयमा रेग्मीको अवकास र अधिकारीको पदस्थापनाको पत्र सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले पुर्याए । सरकारले गरेको निर्णय अनुसार राती ८ बजेसम्म रेग्मीको विदाई र अधिकारीको पदस्थापनको कार्य सम्पन्न भई सकेको थियो । त्यसको केहिबेरमा सञ्चारमाध्यमहरुमा समाचार प्रकासित भए राष्ट्यि अनुसन्धान विभागका प्रमुख रेग्मी बर्खास्त, अधिकारीले पाए जिम्मेवारी ईत्यादी …… ।

धेरैलाई लाग्यो मन्त्रिपरिषदको वैठक नसकिदै किन हतार हतार निर्णय कार्यान्वयनमा लगियो तर निर्णय कार्यान्वयन हतारमा थिएन चुरो कुरो त यो निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचिव लोक दर्शन रेग्मीको परिक्षा लिइ रहेका थिए । पुर्ववर्ति शेरबहादुर देउवाको कार्यकालमा नियोजित ढंगबाट मुख्य सचिवमा नियुक्त गरिएका लोकदर्शन रेग्मीको परिक्षा प्रधानमन्त्री ओलीले पछिल्ला १० महिनामा पटक पटक लिएका थिए यो पटक विशेष थियो । यो परिक्षामा फेल भएका भए रेग्मीलाई पनि पदच्युत गर्ने मनस्थितीमा प्रधानमन्त्री थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मुख्य सचिव रेग्मीकालागी एउटा कडै परिक्षाका रुपमा नेपाल विशेष सेवालाई लिएका थिए । उनले यसलाई पास गराउन कम्तिमा पनि १५ दिनको समय लिएका थिए । रेग्मीले सरकारका गोप्य सुचनाहरु कति चुहाउदा रहेछन भनेर जांच्नकालागी प्रधानमन्त्री ओलीले १५ दिन सम्म नेपाल विशेष सेवा संशोधन मन्त्रिपरिषद कार्यालयमा थाति राखेका थिए । किन पनि थियो भने मुख्य सचिव लोकदर्शन र पदमुक्त भएका अनुसन्धान विभागका तत्कालिन प्रमुख दिलिप बिचको सम्बन्ध अति घनिष्ट थयो । नातागत सम्बन्धका कारणले पनि होला बेला बखतका भोजभतेर वाहेकका समयमा पनि मुख्यसचिव रेग्मी बरफबाग गई रहन्थे यसको जानकारी प्रधानमन्त्रीलाई थियो । नियमावली संसोधनकालागी प्रस्ताव मन्त्रिपरिषदको कार्यालयमा पुग्दापछिका १५ मा पनि रेग्मी पटक पटक बरफवाग तर्फ गई रहे । तर उनले सुचना चुहाएनन । संसोधनकालागी जानकारी भएका थोरैले पनि निर्णयमा ढिलाई हुनुमा मुख्यसचिवले दोहोरो भुमिका खेलेको आशंकामा ससंकित बन्दै संसोधन पास हुनेमा शंका गदै थिए तर निर्णय बारे दिलीपलाई कतैबाट पुर्व जानकारी आएन । निर्णय भएपछि एकै पटक गत सोमबार सांजm ६ बजे मुख्यसचिवले टेलिफोन गरेर पदच्युत भएको जानकारी गराउदै निर्णयलाई सहज रुपमा लिन दिलीपलाई अुराए ।

अब प्रधानमन्त्रीका कति परिक्षामा मुख्यसचिवले सहभागी भएर सामाना गर्ने हुन त्यो हेर्न बांकि छ । आशा गरौ उनि सधैका परिक्षामा पास हुदै गरुन शुभकामना ।

  • 15
    Shares