You are here
Home > समाचार > प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ सेनाअध्यक्षको दज्र्यानी चिन्ह

प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ सेनाअध्यक्षको दज्र्यानी चिन्ह

२८ पुष २०७५, शनिबार १६:४४

काठमाडौ- नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारत सरकारले मानार्थ सेनापतिको दज्र्यानी चिन्ह प्रदान गरेको छ । प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शनिवार राष्ट्रपति भवनमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल र भारतबीच दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने प्रचलन छ ।

भारतका स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा शुक्रवार साताव्यापी भारत भ्रमणमा निस्किएका हुन् । थापासंगै सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुख उपरथी झंकरबहादुर कठायत पनि भारत भ्रमणमा छन् ।

भारत भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष रावत, रक्षामन्त्री निर्मला सिथारमन राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसंग भेट्ने कार्यक्रम छ । भारत भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापा २ माघमा स्वदेश फर्कनेछन् ।

  • 5
    Shares