You are here
Home > समाचार > एसएसपी बढुवाका लागि बाटो खुल्यो, १५ पदका लागि ३५ एसपीबीच प्रतिस्पर्धा

एसएसपी बढुवाका लागि बाटो खुल्यो, १५ पदका लागि ३५ एसपीबीच प्रतिस्पर्धा

३० पुष २०७५, सोमबार १५:२५

काठमाडौं-करिव चार महिनादेखि खाली रहेको नेपाल प्रहरीका १५ प्रहरी उपरीक्षक (एसएसपी र एक प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदपूर्ति चाँडै हुने भएको छ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली २०७१ को प्रहरी नियमावलीको नियम २७ (१) तत्कालका लागि लागू नहुने निर्णय गरेसँगै एसपी र एसएसपीको बढुवाको बाटो खुलेको गृह मन्त्रालय स्रोतले मूलधारलाई जानकारी दियो।

प्रहरी नियमावली २०७१ को नियम २८(१) अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्धारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणीमुनिको पदमा चार वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान रहेको थियो।

सोही कारण हालका एसएसपीहरु २०७१ साल फागुन १० गते डिएसपीबाट एसपीमा बढुवा भएको थियो। चार वर्ष नपुगेको भन्दै उनीहरुको बढुवा रोकेको थियो।

१५ पदका लागि ३५ एसपीबीच दौडधुप

एसपी १५ रिक्त एसएसपीका लागि ३५ एसपीहरू बढुवाको दौडमा छन्। एसपीहरू नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली,गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ,राजेशनाथ बाँस्तोला एसएसपी बढुवाको दौडमा रहेका छन्।

त्यस्तै जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल,रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल,अशोक सिंह, हृदय थापा, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीलगायतबीच पनि प्रतिस्पर्धा रहेको छ। त्यस्तै एकजना डिआइजीका लागि एससपीहरू गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, वीरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल रहेका छन्।

  • 25
    Shares