You are here
Home > समाचार > एक किलो सुनसहित तीन जना पक्राउ

एक किलो सुनसहित तीन जना पक्राउ

३० पुष २०७५, सोमबार २०:००

काठमाडौँ-एक किलो सुनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। असनको इन्द्रचोकस्थित सुन पसलमा खरिद–बिक्री गरिरहेको अवस्थामा प्रहरीले एक किलो सुनसहित ३ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले सुनसहित ३ जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन्। तर, कुन पसलबाट उनीहरुलाई पक्राउ गरिएको र पक्राउ पर्नेमा को–को हुन् भन्ने विषयमा प्रहरीले खुलाएको छैन।

  • 3
    Shares