You are here
Home > समाचार > अपराधिक गतिविधी रोक्न उपत्यकामा २१ हजार सिसी क्यामेरा

अपराधिक गतिविधी रोक्न उपत्यकामा २१ हजार सिसी क्यामेरा

१ माघ २०७५, मंगलवार १०:२०

काठमाडौं-महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ। समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ।

  • 6
    Shares