You are here
Home > समाचार > ६ लाखमा चेली बेच्ने सन्तोष राई पक्राउ

६ लाखमा चेली बेच्ने सन्तोष राई पक्राउ

१ माघ २०७५, मंगलवार १७:५५

काठमाडौं –भारतको नयाँदिल्ली स्थित जिबि रोडको बेश्यालयमा पुर्याई मानव वेचविखन तथा ओसारपसार गर्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई  केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धरान नपा १७ स्थित धनकुटे रोडबाट पक्राउ गरेको हो।

चोङ ह्याङ राई भनिने ३१ बर्षीय सन्तोष राईले  राम्रो काम लगाईदिन्छु भन्दै बिभिन्न प्रलोभन देखाई नेपाली बालिकालाई झुकाएर भारतको नयांदिल्ली स्थित जिबिरोडको बेश्यालयमा पुर्याई  जबरजस्ती बेश्याबृतीमा संलग्न गराउने गरेका थिए ।

राईलाई आवश्यक कारबाहीको लागि ईप्रका धरानमा बुझाईएको प्रहरीले जनाएको छ। अभियुक्त राईले बिभिन्न बहानामा नेपालको बोर्डर पास गरि भारतीय  बेश्यालयमा पुर्याई नेपाली ६ लाख रुपैंयासम्ममा बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

  • 6
    Shares