You are here
Home > समाचार > सप्तरीमा प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार

सप्तरीमा प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार

३ माघ २०७५, बिहीबार ०९:३०

काठमाडाैँ- सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहर भएको छ। बुधबार राति अज्ञात समूहले प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएका अज्ञात समूहको गोली प्रहारपछि गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरको न्युरो अस्पताल लगिएको थियो ।

कम्मरभन्दा माथि गोली लागेर ढलेका प्रहरी चौकी विसनपुरका प्रहरी हवल्दार यादवको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दारमाथि अज्ञात समूहले राति सवा आठ बजे गोली प्रहार गरेको हो ।

यसैबीच घटनाको सशस्त्र समूह प्रगतिशील तराइ मुक्ति मोर्चाले जिम्मा लिएको छ ।

  • 1
    Share