You are here
Home > समाचार > सुन तस्करी प्रकरणः खत्री र डङ्गोललाई थुनामै राख्न आदेश

सुन तस्करी प्रकरणः खत्री र डङ्गोललाई थुनामै राख्न आदेश

४ माघ २०७५, शुक्रबार ०७:२१

विराटनगर-उच्च अदालत विराटनगरले ३५ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामा राख्न विहीवार आदेश दिएको छ।

उच्च अदालतमा मुख्या न्यायाधीश डाक्टर कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजालसले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो।

खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चुडामणी उप्रेती (गोरे)को समूहले दुबईबाट भित्राएको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी भित्र्याउने कार्यमा सहयोग गरेको आरोप रहेको छ।

विराटनगर उच्च अदालत विराटनगरले ३५ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामा राख्न विहीवार आदेश दिएको छ। उच्च अदालतमा मुख्या न्यायाधीश डाक्टर कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजालसले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो।

खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चुडामणी उप्रेती (गोरे)को समूहले दुबईबाट भित्राएको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी भित्र्याउने कार्यमा सहयोग गरेको आरोप रहेको छ।

  • 3
    Shares