You are here
Home > समाचार > प्रहरीमा ९८ दिन प्रसूति विदा

प्रहरीमा ९८ दिन प्रसूति विदा

४ माघ २०७५, शुक्रबार ११:३६

काठमाडौं-मन्त्रिपरिषदले प्रहरी नियमावली २०७१ को छैटौँपटक संशोधन स्वीकृत गरेको छ। संशोधनपछि अब महिला प्रहरी कर्मचारीले प्रसूति हुनुअघि र पछि गरी ९८ दिन विदा पाउने भएका छन् ।

यसअघि नियमावलीको नियम ८३ को उपनियम (१) ले महिला प्रहरीले ६० दिन मात्रै विदाको व्यवस्था गरेको थियो। मन्त्रिपरिषदले नियमावलीको नियम ८६ संशोधन गरी उपनियम (२क) थप गरेको छ।

  • 30
    Shares