You are here
Home > समाचार > सशस्त्र प्रहरीद्धारा रौतहटमा लाखौं मूल्यको अवैध सालको काठ बरामद

सशस्त्र प्रहरीद्धारा रौतहटमा लाखौं मूल्यको अवैध सालको काठ बरामद

६ माघ २०७५, आईतवार १२:२७

रौतहट-रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले दुई राँगा र टायरगाढा सहित लाखौं मूल्य पर्ने अवैध सालको काठ बरामद गरेको छ। फतुुआ बिजयपुुर नगरपालिका ११ भैंसही नजिकको जंगलमा सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान चार बजे टायर गाढामा लोड गरिराखेको अवस्थामा ५० क्युविफिट अवैध सालको काठ बरामद गरेको हो।

जंगलबाट अवैधरुपमा काठ कटान गरी लगिरहेको भन्ने सुूचनाको आधारमा सशस्त्र बेस बिजयपुरका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिष्णु अधिकारीको नेतृत्वमा गएको गस्ती टोलीको गाडीको प्रकाश हेरेर तस्करहरु भाग्न सफल भएपनि राँगा र टायरगाढा सहितको काठ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख  केदार ढकालले बताए।

  • 270
    Shares