You are here
Home > समाचार > अत्तरियाका अरुण भट्टको हत्यामा संलग्न ४ जना पक्राउ

अत्तरियाका अरुण भट्टको हत्यामा संलग्न ४ जना पक्राउ

७ माघ २०७५, सोमबार १६:५९

धनगढी- कैलालीको अत्तरियामा भएको हत्या घट्नाका मुख्य योजनाकारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

हत्यामा संलग्न मुख्य योजनाकार गोदावरी नगरापलिका-२ का २१ वर्षीय विनोद ऐर, कैलालीको भजनी नगरपालिका-२ घर भई हाल धनगढी उपमहानगरपालिका-२ बस्ने २२ वर्षीय डेबिटसिंह ऐर, २१ वर्षीय मन्जु चौधरी खड्का र धनगढी उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय लोकेश खत्री छन्। उनीहरुलाई धनगढी उपमहानगरको छुट्टाछुट्टै ठाउँमा आइतबार राति पक्राउ गरेको हो।

गोदावरी नगरपालिका-१ का २० वर्षीय अरुण भट्टलाई माघ ५ गते धरिलो हतियार प्रयोग गरी हत्या गरेको थियो। मुख्य योजनाकार मानिएका विनोदले मृतक भट्टलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए।

अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए।मुख्य आरोपीलाई मोटरसाइकलमा राखी भगाउने डेबिट र आफ्नो डेरामा लुकाउने मञ्जु चौधरी खड्का, लोकेशलाई पक्राउ गरेको उनले जानकारी दिए।

आरोपितबाट प्रहरीले से ४प ५९२८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। प्रहरी उपरीक्षक तिम्सिनाका अनुसार मृतक भट्ट र उनका साथीहरू हरि राई र राजेश नेपालीसँग विगतमा विवाद हुँदै आएको थियो।

  • 4
    Shares