You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः उच्च प्राथमिकतामा राखेका छौं-प्रवक्ता सुवेदी

निर्मला हत्या प्रकरणः उच्च प्राथमिकतामा राखेका छौं-प्रवक्ता सुवेदी

८ माघ २०७५, मंगलवार १८:०५

काठमाडौं– नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिइएको बताएको छ।

निर्मला हत्या प्रकरण प्रतिष्ठाको विषयसमेत बन्न गएको उल्लेख गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अझ मेहनतसहित अनुसन्धानको काम उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीयले आवश्यक सहयोग नगरेकाले सो हत्या प्रकरणको छानविनमा ढिलाई भएको पनि स्पष्ट पारे। प्रवक्ता सुवेदीले सो प्रकरणमा बम दिदीबहिनी बबिता र रोशनीको संलग्नता नरहेको दावी पनि गरे।

सो प्रकरणमा बम दिदीबहिनी संलग्न रहेको कुनै पनि प्रमाण हालसम्म फेला नपरेको र अदालतले पनि त्यस्तो कुनै आदेश नदिएकाले उनीहरुलाई दोषी करार गर्न नसकिने प्रवक्ता सुवेदीको तर्क छ।

प्रवक्ता सुवेदीले यो प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे। उनले भने, ‘राजनीतिक प्रभाव अथवा दबाबले कुनै घट्नालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको हुँदो होला, संस्थाले कहिल्यै पनि पनि सहँदैन् । त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन ।’

  • 5
    Shares