You are here
Home > समाचार > सर्वसाधरण कुट्ने प्रहरी निलम्बन

सर्वसाधरण कुट्ने प्रहरी निलम्बन

१० माघ २०७५, बिहीबार ०८:४३

गलकोट- सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ।

विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुवै जनालाई निलम्बन गरिएको प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो।

दुवै जनालाई हरिचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकाले फियो च्यातिएको थियो । कुटपिटमा संलग्न प्रहरीले बस्नेतको उपचार खर्च व्यहोरिरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

  • 10
    Shares