You are here
Home > राजनीति > आज संसद बैठक, मुठभेडमा सत्ता र प्रतिपक्ष

आज संसद बैठक, मुठभेडमा सत्ता र प्रतिपक्ष

११ माघ २०७५, शुक्रबार १०:५७

काठमाडौं-सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जसरी पनि संसदबाट पारित गर्ने तयारी गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण गएको सोमवार र मंगलबार पटक पटक बसेको प्रतिनिधिसभा बैठकमा पेश हुन नसकेको विद्येयक शुक्रबारको बैठकबाट पारित गरिने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

यसअघि कांग्रेसले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेललाई रोष्ट्रममै जान नदिएपछि विधेयक पेश हुनै सकेको थिएन। आज पनि कांग्रेसले मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट भएपनि विधेयक पेश गर्न लगाउने र पारित गराउनेसम्मको तयारी सत्तापक्षले गरेको छ। तर प्रतिपक्षी कांग्रेसले यसलाई जसरी पनि रोक्ने भएकाले आजको संसद बैठक थप तनावपूर्ण हुनसक्ने देखिएको छ।

कांग्रेसले उठाएका आफ्ना पूर्व सभापतिको नाममा रहेका अस्पतालको विषयमा प्रधानमन्त्री फर्किएलगत्तै मन्त्रीपरिषद्बाट निर्णय गर्ने भन्दा पनि नमानेको भन्दै नेता गुरुङले आनवश्यक अडानले सार्वभौम संसदको कामकारवाही रोकिन नसक्ने बताए। सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुको अभिव्यक्तिले संसदमा मुठभेडको संकेत गरेको छ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन कांग्रेसले आज मध्यान्ह १२ बजे संसदीय दलको बैठक बोलाएको सांसद मिन विश्वकर्माले बताए। संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

  • 7
    Shares