You are here
Home > समाचार > धनगढीबाट पहिलो पटक श्रम स्वीकृति दिन शुरु

धनगढीबाट पहिलो पटक श्रम स्वीकृति दिन शुरु

११ माघ २०७५, शुक्रबार ११:१४

धनगढी- सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु भएको छ।

शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मलेसिया जान लागेका कैलालीको गौरिगगा नगरपालिका, ६ वनवेहडाका गोर्खबहादुर खवासलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवा सुरू गरेका हुन्।

मन्त्री सुवेदीले सो अवसरमा पुनः साउदी अरव जान लागेका कैलालीको धनगढी उपमहानगरपालिका, २ का दान सिंह बोहरालाई पुनः श्रम स्वीकृति प्रदान गरेका थिए।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गर्ने अभियान अन्तरगत पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो ।

यसअघि प्रदेश–२ को जनकपुर, प्रदेश ५ को बुटवल, प्रदेश ४ को पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा सुरु भइसकेको छ । प्रदेश कार्यालयहरुबाट पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम सुरु भएको हो ।

  • 8
    Shares