You are here
Home > राजनीति > काँग्रेसको नाराबाजीकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

काँग्रेसको नाराबाजीकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

११ माघ २०७५, शुक्रबार १६:५६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको संसदमा नाराबाजीकाबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

काँग्रेसले नाराबाजी गरिरहेको बेलामा निर्णयार्थ पेश गरिएको विधेयक विरोधका बीच स्वीकृत भएको हो । विरोधका बाबजुत शुक्रबारको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि काँग्रेसले रोष्ट्रम घेरेको थियो। तर, सो विरोधको बेवास्तागर्दै विधेयक पारित गरेको हो । संसदको गतिरोध अन्त्यको लागि सत्ता पक्ष र प्रतिपक्षको बैठकमा विना सहमति टुङ्गिए पछि काँग्रेसले संसदको रोष्ट्रम घेरेको हो ।

शुक्रबार संसद बैठक बस्नु अघि सत्ता पक्ष र प्रतिपक्षबीच संसद भवन नयाँ वानेश्वरमा बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि बसेको संसद बैठकमा काँग्रेसले शुक्रबार पनि विरोध गरेको छ । काँग्रेसले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसकी सचेतक पुष्पा भुषाललाई बोल्न समय दिए ।

काँग्रेसले आफ्ना पूर्व सभापतिहरुको नाममा खुलेका अस्पतालहरु खारेज गराउन लागेको, अनसनरत डा। गोविन्द केसीसँग सरकारले गरेको सहमती पूरा नगरेको लगायतका आरोप सहित संसद अवरुद्ध गराउँदै आएको छ । काँग्रेसले कुनैपनि हालतमा चिकित्सा शिक्षा विधेयक हुबहु पारित हुन नदिने अडान राख्दै आएको छ भने सत्तापक्ष प्रतिपक्षलाई पेलेरै भएपनि विधेयक हुबहु पारित गर्ने पक्षमा रहेको छ ।