You are here
Home > समाचार > एपीएफका भलिबल प्रशिक्षक ज्ञानेन्द्र विष्टलाई ‘एनभिए’ अवार्ड

एपीएफका भलिबल प्रशिक्षक ज्ञानेन्द्र विष्टलाई ‘एनभिए’ अवार्ड

११ माघ २०७५, शुक्रबार १९:१३

काठमाडौं-नेपाल भलिबल संघले दिँदै आएको महिला तर्फको ‘एनभिए २०७४’ अवार्ड सशस्त्र प्रहरीका भलिबल प्रशिक्षक तथा सहायक निरीक्षक ज्ञानेन्द्र विष्टले प्राप्त गरेका छन्।

नेपाल भलिबल संघले प्रत्येक बर्ष दिदै आएको अवार्ड उत्कृष्ठ प्रशिक्षकको रुपमा प्रशिक्षक विष्टले हात पारेका हुन्। उनले अवार्डसँगै नगद २५ हजार समेत हात पारेका छन्।

अछामको मंगलसेनमा जन्मिएका विष्ट सानैदेखि नै भलिबलप्रति आकर्षित थिए। सानैमा यस प्रति रुचि थियो, प्रशिक्षक विष्टले भने, ‘रुची भएकै कारण साथीहरुसँग मोजाको भलिबल बनाएर खेल्थ्यौं’। भलिबल खेलप्रति अनुसाशन र लगनशीलता देखाएका विष्टले २०५२ सालमा अछामको साँफेबगरमा आयोजना भएको विरेन्द्र शिल्र्ड सोडसा माविबाट खेल्ने मौका पाए।

प्रतियोगितामा आफ्नो प्रतिभा देखाएर नाम कमाउन सफल भएका विष्टले कैलालीमा भएको क्षेत्रीयस्तरको चौथो राष्ट्रिय प्रतियोगिता समेत खेल्न सफल भए। भलिबलमा एक पछि अर्को खुट्कीला पार गर्दै २०५७ सालमा नेपाल प्रहरीमा प्रवेश गरे।

प्रहरीमा जागिर खाँदै गर्दा विष्ट विस २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। उनी एपिएफ क्लवको स्थापना कालदेखि नै भलिबल खेलाडीको रुपमा परिचित छन्।

खेलाडीकै रुपमा हुँदा केही समय ‘स्पाइकर’ र पछि लिब्रोको रुपमा करिब १० वर्षसम्म खेल्न सफल भए। एपीएफ क्लब अन्तर्गतको भलिबलका लागि अन्य प्रशिक्षक आएपनि सफल हुन सकेनन्।

पुनः विष्टलाई नै प्रशिक्षकको जिम्मेवारी दिइयो। हाल विष्ट ४ वर्षदेखि भलिबल प्रशिक्षकका रुपमा कार्यरत छन्। २०७४ सालमा भएका भलिबलका १० वटा महिला राष्टिय प्रतियोगिता ९ वटा खेल आफ्नो पोल्टामा पार्न विष्ट सफल भएका थिए।

२०७४ सालको उत्कृष्ट महिला भलिबलको अवार्ड एपीएफ महिला भलिबल टिमले हात पार्न सफल भएको छ भने ‘राइर्जिङ प्लेयर अफद इयर’ पुरुष तर्फ एपीएफका विनोद चन्द भएका छन्।

  • 144
    Shares