You are here
Home > समाचार > दुर्घटनामा ज्यान गुमाएका एसपीले पाँच महिना अघि यसरी लेखेका थिए कविता

दुर्घटनामा ज्यान गुमाएका एसपीले पाँच महिना अघि यसरी लेखेका थिए कविता

१३ माघ २०७५, आईतवार १२:०८

काठमाडौं-सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको शनिबार बारामा भएको स्कारपियो दुर्घटनामा मृत्यु भयो।

पोखरेलले पाँच महिना अघि सुप्रवल जनसेवा श्री पदक पाएपछि आफ्नो फेसबुक वालमा स्वर्ग जाने इच्छा व्यक्त गरेको भेटिएको छ। उनले सेप्टेम्बर ४ तारिखमा फेसबकुमा एउटा कवितात्मक स्टाटस पोस्ट गर्दै स्वर्गमा बास मागेका थिए।

पोखरेलले कवितात्मक शैलीमा लेखेका थिए

सन्तोष गर्ने ठाउँ छ हजुर सबै चिज पाइयो

कुमाल गाउँबाट उदायर काठमाडौँसम्म आइयो

महाराजगञ्जमा दौडधुप गर्दै असइमा जागिर खाइयो

एक वर्ष तालिमपछि काँधमा फुली लाइयो

२७ वर्षे जागिरे जीवन हाँसिखुशी बिताउँदै एसपी पनि भइयो

संगठनले पत्याएरै होला गोरखा दक्षिणबाहु हुँदै जनसेवा श्री पनि पाइयो

सानो गाउँदेखि सुरू गरेको यात्रा, युरोप, युएस हुँदै अफ्रिकामा पनि छाइयो

अब त अन्तिम इच्छा के छ? भनेर चित्र गुप्तले सोधेछन भने

भन्ने मन छ हजुर, अब स्वर्गको बास चाहियो ।

पोखरेलको दुर्घटनामाम मृत्यु भएपछि धेरैले उनको त्यो पुरानो स्टाटस स्क्रिनसट गरेर सेयर गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन । शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा पोखरेल चढेको गाडी दुर्घटनामा परेको थियो।

दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएका पोखरेललाइ चिकित्सकले मृत घोषणा गरेका थिए। सिडिओ भट्टराईसहति अन्य तीन जना गम्भीर घाइते भएका छन।अन्य घाइतेमा गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ रहेका छन ।

  • 40
    Shares