You are here
Home > समाचार > घाइते सिडिओलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

घाइते सिडिओलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१३ माघ २०७५, आईतवार १२:३६

काठमाडौं-जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए।

शनिवार साँझ बा १ झ १६३३ नम्बरको स्कार्पियो जिपमा बाराको निजगढबाट कलैया फर्कंदै गरेका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो निजगढ–पथलैया सडक खण्डको पसाहा खोलामा दुर्घटना भएको थियो।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा परेर प्रजिअको जिपमा सवार प्रहरी हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन्।

  • 8
    Shares