You are here
Home > समाचार > नेपाल प्रहरीका असई चार लाख घुससहित पक्राउ

नेपाल प्रहरीका असई चार लाख घुससहित पक्राउ

१४ माघ २०७५, सोमबार ०९:०६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका नेपाल प्रहरीका एक असई चार लाख घुससहित पक्राउ परेका छन। आयोगको क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत असई जन्मदेव जैसी अधिकारी चार लाख घुससहित पक्राउ परेका हुन्।

आइतवार साँझ नेपालगन्जबाट अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले चार लाख घुससहित अधिकारी पक्राउ गरेको हो। एकजना इन्जिनियरसँग घुस लिने क्रममा उनी पक्राउ परेका हुन। इन्जिनियरको भने नाम खुलाइएको छैन।

  • 3
    Shares