You are here
Home > समाचार > टिपरको ठक्करले बालिकाको मृत्यु, सुन्दरहरैंचा तनावग्रस्त बनेपछि निषेधाज्ञा जारी

टिपरको ठक्करले बालिकाको मृत्यु, सुन्दरहरैंचा तनावग्रस्त बनेपछि निषेधाज्ञा जारी

१४ माघ २०७५, सोमबार १३:२०

विराटनगर- मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलपुरसम्मको साढे तीन किलोमिटरको क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएलगतै स्थानीयको प्रदर्शन उत्कर्षमा पुगेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले स्थानीयले ६ वटा टिपरमा आगजनी गरेका छन्। सोमबार विहान बिराटचौकबाट सुनदर हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो।

बाटो काट्दै गरेकी बालिकाको टिपरको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालिकाको मृत्यूपछि आक्रोसित बसेका त्यहाका स्थानीयले ठक्कर दिने टिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अन्य टिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन्।

आगजनीबाट को १ ख ५८३३ र को१ख ६४६३, को१ख ६५६३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ। टिपरमा लागेको आगो निभाउन गएको दमकललाई स्थानीयले अवरोध गरेपछि टिपरहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन्।

स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेकोले त्यहाँको स्थिती तनावग्रस्त रहेको छ।

  • 6
    Shares