You are here
Home > समाचार > पोलिमर नोट प्रकरणका मुख्य नाइके ८ लाख धरौटीमा रिहा

पोलिमर नोट प्रकरणका मुख्य नाइके ८ लाख धरौटीमा रिहा

१४ माघ २०७५, सोमबार १७:०१

काठमाडौं– पोलिमर नोट प्रकरणका मुख्य योजनाकार रहेका हिमालयबहादुर पाँडे आठ लाख रुपैयाँ धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन् ।

पोलिमर नोट घोटाला प्रकरणमा सोमबार विशेष अदालतमा उपस्थित भएका पाँडसँग आठ लाख रुपैयाँ धरौटी माग भएको विशेष अदालतका रजिष्ट्रार भिमकुमार श्रेष्ठले जानकारी दिए ।

विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश चण्डीराज ढकालको इजलासमा पाँडेको थुनछेक बहस भएको हो ।

  • 1
    Share