You are here
Home > राजनीति > प्रदेश सभा सदस्य मनाङेले लिए शपथ

प्रदेश सभा सदस्य मनाङेले लिए शपथ

१४ माघ २०७५, सोमबार १९:०९

काठमाडौं-गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ आज साेमबार शपथ लिएका छन्।

गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई शपथ गराएका हुन् । शपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिएर बधाइ दिए।

केहीबेर अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई शपथ गराउने निर्णय गरेका थिए।

प्रदेशसभा कार्यालयमा गत पुस ११ गते  दीपक मनाङेले शपथ खान पाऊँ भनी निवेदन दिएका थिए।  उनलाई शपथ खुवाने विषयमा सभामुखले पटक पटक छलफल गर्दै आएका थिए।

प्रदेशसभामा मनाङ ‘ख’ बाट निर्वाचित गुरुङले ज्यान मुद्‍दामा जेल चलान भएपछि  शपथ खान पाएका थिएनन्।