You are here
Home > राजनीति > सशस्त्र प्रहरीको भूमीका स्मरणीय र प्रशंसनीयः प्रधानमन्त्री ओली

सशस्त्र प्रहरीको भूमीका स्मरणीय र प्रशंसनीयः प्रधानमन्त्री ओली

१५ माघ २०७५, मंगलवार १२:३८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरीले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको बताएका छन्। सशस्त्र प्रहरी बलको १८ औँ स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन्।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापाको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताबाट आफू खुशी भएको बताए। गृह मन्त्रालय अन्तर्गतका सबै निकायलाई परदर्शी र सुशासनका दृष्टिकोणले उत्कृष्ट बनाउने गृहमन्त्रीको भनाइले आफू भ्रष्टाचार विरुद्धको लडाइँ जित्नेमा ढुक्क उनले बताए।

भ्रष्टाचार नियन्त्रणमा प्रहरीको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको भन्दै गलत काम कोहीकसैबाट हुन नहुन ओलीले बताए। लोकमानसिंह कार्कीले अख्तियारको प्रमुखका रुपमा १३ पन्नको आतंक मच्चाएका स्मरण गर्दै जिम्मेवार निकायबाट नै गलत काम हुन नहुने भन्दै सचेत गराए ।

सशस्त्र प्रहरीका आठ बाहिनीमध्ये रुपन्देहीस्थित नम्बर ५ बाहिनी उत्कृष्ट भएको छ। सो बाहिनीलाई ‘बिग्रेड अवार्ड’ प्रदान गरिएको छ । सशस्त्र प्रहरीको १८ औं स्थापना दिवसको अवसरमा बाहिनीपति डिआईजी चिरञ्जिवी अधिकारीलाई प्रधानमन्त्रीकेपी शर्मा ओलीले अवार्ड प्रदान गरेका हुन्।

त्यस्तै स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले पूर्व प्रहरी महानिरीक्षक दुर्जकुमार राई र तथा पूर्व एआईजी रोहित थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सशस्त्र प्रहरीले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई समेत सम्मानित गरेको छ। विपद्सम्बन्धि जनचेतना फैलाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफूले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेपछि २२ करोड ७१ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको जानकारी गराए।

  • 2K
    Shares