
काठमाडौं –सरकारले द्वन्द्वको क्रममा मारिएका दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
मंगलबार सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गर्ने निर्णय निर्णय गरिएको हो ।
- 73Shares