You are here
Home > समाचार > भारतले माग्यो नेपालसँग सुरक्षा सहयोग 

भारतले माग्यो नेपालसँग सुरक्षा सहयोग 

१६ माघ २०७५, बुधबार ०९:४४

काठमाडौं –भारतीय सुरक्षाकर्मीले नेपाली पक्षसँग सन् २०१९ मा हुने लोकसभा निर्वाचनका लागि सुरक्षा सहकार्यका लागि आग्रह गरेको छ।

बिहार राज्यको मोतिहारीमा मंगलबार सम्पन्न दुईपक्षिय सुरक्षा बैठकमा निर्वाचन सुरक्षाको बिषयले प्रमुखता पाएको हो।

भारतले सीमामा हुने शंकास्पद गतिविधीको सूचना र सदिग्ध ब्यक्ति तथा संस्थालाई निगरानीमा राख्न आग्रह गरेको छ।

लोकसभा निर्वाचन बिथोल्न अहिले देखि सदिग्ध समूह सक्रिय हुने भन्दै सूचना आदान प्रदानलाई सहज बनाउने निर्णय बैठकले गरेको हो।

नेपालबाट रौतहट, बारा, पर्सा, चितवन, पश्चिम र पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र अनुसन्धान विभागका अधिकारी बैठकमा सहभागी थिए।

  • 5
    Shares