You are here
Home > समाचार > सशस्त्र प्रहरी महानिरीक्षक खनालद्धारा एपीएफ अस्पतालको आईसीयु ब्लक र ब्लड बैंक उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्धारा एपीएफ अस्पतालको आईसीयु ब्लक र ब्लड बैंक उद्घाटन

१७ माघ २०७५, बिहीबार ०७:१८

काठमाडौं –सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पताल परिषरमा नवनिर्मीत आईसीयु ब्लक तथा ब्लड बैंकको उद्घाटन गर्नुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले बलम्वुमा नवनिर्मीत एमटी वर्कशप भवन र वयर हाउसको समेत उद्घाटन गर्नुभयो ।

त्यसैअवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले सो अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा नेपाल एपीएफ अस्पतालमा थप भएको आईसीयु वार्ड तथा ब्लड बैंकको सुविधाबाट गम्भिर रोग लागेका बिरामीहरुले त्यस खालका उपचारको लागि अन्यत्र धाउनुपर्ने बाध्यताबाट छुटकारा पाउनुकोसाथै यसै अस्पतालमा सो सुविधा प्राप्तगरी स्वास्थ्य लाभ गर्ने विश्वास व्यक्त गर्नुहुँदै संगठन सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको कल्याणकारी सेवा सुविधामा चिन्तनशिल रहेको बताउनुभयो ।

उहाँले घाईते तथा उपचाररत अवस्थामा रगतको अभाव कसैले पनि झेल्नु नपरोस भनि सो अस्पताल परिषरमा हालै ब्लड बैंकको स्थापना गरिएको उल्लेख गर्नुहुँदै अस्पतालले संचालनको छोटो समयमै आईसीयु तथा ब्लड बैंक लगायतका स्वास्थ्य उपचार सम्बन्धि सेवा सुविधा प्रदान गरी ठूलो फड्को मार्न सफल हुनुमा संगठनका पूर्वज नेतृत्ववर्ग तथा अस्पतालमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले एमटी वर्कशप तथा वयर हाउसको निर्माणबाट व्यवस्थित भण्डारण तथा समुचित वितरणमा सहजता आई संगठनका काममा चुस्तता आउने विश्वास व्यक्त गर्नुुहुँदै मर्मत सम्हार गर्नुपर्ने सवारी साधन, कम्प्युटर तथा संचार साधन आदिको समयमै मर्मत गरी बन्दोबस्तीलाई मजबुद बनाई राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्वारमा परिणाममुखी कार्यसम्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

  • 639
    Shares