You are here
Home > राजनीति > दुई राप्रपाको एकता आज

दुई राप्रपाको एकता आज

१८ माघ २०७५, शुक्रबार ०७:४४

काठमाडौं- पूर्व पञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीचको एकता आज (शुक्रबार) घोषणा हुने भएको छ। प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै एकताको सहमतिपत्रमा हस्ताक्षर गरे।

‘संयुक्त वक्तव्यमा नेकपा नेतृत्वको वर्तमान सरकारले संविधानको मर्म र भावनालाई उपेक्षा गरेको छ भने सत्तालाई जनताको हितको सट्टा सिमित शासकका आसेपासे ‐सिमित भारदार को आर्थिक हितमा केन्द्रित छ’, वक्तव्यमा भनिएको छ, ‘यो परिवेशमा प्रतिपक्ष देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त तथा अवधारणालाई बचाउन सत्ता बाहिर रहेका राजनैतिक शक्तिले जनताको हितलाई केन्द्र बिन्दुमा राखेर एकता प्रक्रिया अगाडि बढाउनु अनिवार्य भएको छ ।’

  • 1
    Share