You are here
Home > समाचार > अवैध लागूऔषधविरुद्ध प्रहरीको एक्सन, चार जना पक्राउ

अवैध लागूऔषधविरुद्ध प्रहरीको एक्सन, चार जना पक्राउ

२० माघ २०७५, आईतवार १२:१८

काठमाडौं-महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आज आइतबार विहान ६ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु१ख ९९८५ नम्बरको यात्रुबाहक सवारी साधन चेकजाँच गर्ने क्रममा ललितपुरका शिरिष कर्माचार्य र ललितपुरकै शरदराज भण्डारीको साथबाट डाइजेपाम, फेनरागन र नुफिन गरी १६१ एम्पुल लागुऔषध बरामद गरेको हो ।

यसैगरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले पर्सा वीरगञ्जका धन्नजयकुमार कर्णकार र ज्ञानी थापामगरलाई शंकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्दा फेनरागन, नुफिन र डाइजेपाम गरी ५ सय ५६ एम्पुल अबैध लागुऔषधसहित पक्राउ गरेको छ।

  • 5
    Shares