You are here
Home > समाचार > १० किलो चरेशसहित दुई भारतीय पक्राउ

१० किलो चरेशसहित दुई भारतीय पक्राउ

२१ माघ २०७५, सोमबार १०:४०

वीरगन्ज- पर्साको वीरगन्जमा सोमबार बिहान लागुऔषध चरेशसहित दुई भारतीय पक्राउ परेका छन्।प्रहरीका अनुसार भारतको रक्सौल बस्ने ३६ वर्षीय खुर्सेत अन्सारी र भारतकै उत्तर प्रदेश प्रतापगढ बस्ने २३ वर्षीय महमद मिहिनोदिन १० किलो चरेशसहित बिहान ७ बजेतिर पक्राउ परेका हुन्।

इनर्वास्थित प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका बेला उनीहरूलाई वीरगन्ज महानगरपालिका-१६, शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

अभियुक्तहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • 11
    Shares