You are here
Home > खेलकुद > ढाेरपाटन महिला भलिबलकाे उपाधि एपीएफलाई

ढाेरपाटन महिला भलिबलकाे उपाधि एपीएफलाई

२१ माघ २०७५, सोमबार १२:५१

काठमाडौं- १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि विभागीय टोलि एपिएफ क्लबले जितेको छ। जारी सिजनमा यो एपिएफको आठौँ उपाधि हो।

आइतबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबललाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि उचालेको हो। प्रतियोगितामा अपराजित रहँदै आएको एपिएफ महिला टिमले १४ खेलबाट ४२ अङ्क जोडेको थियो भने दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ३४ अङ्क जोड्यो। उपाधिसँगै एपिएफले रु. तीन लाख ५० हजार प्राप्त गर्यो।

उपविजेता पुलिसले रु दुई लाख प्राप्त गर्यो। यसैगरी त्रिभुवन आर्मी तेस्रो हुँदै रु एक लाख प्राप्त गर्यो। विजयी सबैले १-१ थान सुजुकी स्कुटर जिते।

  • 97
    Shares