You are here
Home > समाचार > तीन जना डीएसपीको काज सरुवा

तीन जना डीएसपीको काज सरुवा

२४ माघ २०७५, बिहीबार १८:३४

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना प्रहरी नायव उपरीक्षक डिएसपीहरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डिएसपी कुमोध ढुंगेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको इन्चार्जको रुपमा काज सरुवा गरिएको हो।

यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुखमा डिएसपी श्याम खत्रीको सरुवा भएको छ। जाजरकोटका कार्यरत रवीन्द्र केसी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी धर्म भण्डारीलाई पठाईएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।