You are here
Home > समाचार > तीन राजदूतको शपथ

तीन राजदूतको शपथ

२५ माघ २०७५, शुक्रबार ११:२५

काठमाडौं-काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई शुक्रबार बिहानै पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा भण्डारीले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराएकी हुन्।

राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराइन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो।

  • 6
    Shares