You are here
Home > समाचार > प्रहरीको ‘असई’ बनाईदिन्छु भन्दै ठगी गर्ने भण्डारी पक्राउ

प्रहरीको ‘असई’ बनाईदिन्छु भन्दै ठगी गर्ने भण्डारी पक्राउ

२५ माघ २०७५, शुक्रबार १८:२३

काठमाडौं-नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिन्छु भन्दै ठगी गर्ने काभ्रेस्थलीका नवराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली स्थायी घर भएका भण्डारीले उदयकान्त शाहलाई असई बनाइदिन्छु भन्दै दुई महिनाअघि एडभान्सको रुपमा ७० हजार लिएको प्रहरीले जनाएको छ।

भण्डारीलाई शुक्रवार मध्यान्ह नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए।

  • 7
    Shares