You are here
Home > समाचार > नक्कली नोटसहित काठमाडाै‌ंमा एक जना पक्राउ

नक्कली नोटसहित काठमाडाै‌ंमा एक जना पक्राउ

२७ माघ २०७५, आईतवार ०८:४८

काठमाडौं- काठमाडौं प्रहरीले १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ।  काठमाडौं गोगंबुबाट १ लाख ५२  प्रहरी टोलीले शनिबार राति एक हजार दरका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे हाे।

गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त गोगंवुले जनाएको छ। प्रहरीले पोमबहादुर कुँवरलाई पक्राउ गरेको छ भने अर्का आरोपी हिक्मत मियाँ भने फरार रहेको प्रहरीको भनाइ छ।