You are here
Home > समाचार > भारत लैजाँदै गरेको ३६० किलो चरेशसहित ३ जना पक्राउ

भारत लैजाँदै गरेको ३६० किलो चरेशसहित ३ जना पक्राउ

२७ माघ २०७५, आईतवार १०:२७

काठमाडौं- प्रहरीले धादिङको गजुरीमा भारतीय कन्टेनरबाट ठूलो मात्रामा चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले ३ सय ६० किलो चरेशसहित ३ जनालाई पक्राउ गरेको हो ।

सो चरेश भारत लैजान लागिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भारत मोतिहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारा छन् ।