You are here
Home > अर्थ/बजार > बुटवलमा सिंह कम्प्लेक्सका सञ्चालकको दादागिरी, ३८ दिन बित्दा पनि खुलेनन पसल

बुटवलमा सिंह कम्प्लेक्सका सञ्चालकको दादागिरी, ३८ दिन बित्दा पनि खुलेनन पसल

२७ माघ २०७५, आईतवार ११:१९

बुटवल – अमरपथ स्थित सिंह कम्प्लेक्सका सञ्चालकको दादागिरीले सिमा नाघेपछि व्यवसायिहरुको बिचल्ली भएको छ । एकै पटक एक सय ३० प्रतिशत भाडा बढाएपछि पछिल्ला ३८ दिनदेखि तिन दर्जन बढी व्यापारि आन्दोलित छन । भाडा लिने र दिने विषयमा छलफल चलि रहेका बेला कम्प्लेक्सका संञ्चालकले पहिलो र दोस्रो तल्लाका व्यापारीहरुको विद्युत लाईन काटि दिएपछि व्यापारि आन्दोलनमा उत्रिन बाध्य भएका थिए । पिडित व्यापारिहरुले आफ्ना समस्या सुनाउन व्यापारिक संगठन तथा सरकारी निकायसम्म पुग्नु परेको छ । सिंह कम्प्लेक्समा व्यवसाय गर्दै आई रहेकि गंगा पोखरेलले आफ्ना मागहरु पुरा गर्न बाध्य भएर सडकमा आउनु परेको बताईन । हामी छलफलमै थियौ दादागिरि शैलीबाट संचालकले व्यापारिका कुरै नसुनेर विद्युत काटियो, पसल वन्द गरेर अहिले आन्दोलनमा आउन बाध्य छौ उनले भनिन ।

यसैबिच सिंह कम्प्लेक्सका व्यवसायिहरुको पक्षमा अरु व्यापारिक संगठनहरुले पनि बोल्न थालेका छन । नेपाल घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले व्यवसायीका समस्या समाधानका लागि संघले सरोकारवालासँग पटक–पटक छलफल गरेपनि समस्या समाधानका लागि सञ्चालक सिंहले अटेरी गरिरहेको जानकारी दिए ।

रुपन्देही व्यापार संघका महासचिव प्रकाश ढकालले आन्दोलनले दुवै पक्षलाई बेफाइदा हुने बताउँदै वार्ता र संवादबाटै समस्याको समाधान खोज्नुको विकल्प नभएको विचार व्यक्त गरे । व्यवसायीका समस्या समाधानका लागि आफूहरूले पटक–पटक सरोकारवालासँग छलफल गरेपनि समस्या समाधान हुन नसकेको भन्दै उनले समाधानकालागि व्यापार संघले पहल जारी राख्ने आश्वासन दिए ।

उद्योग व्यापार संघ रुपन्देहीका सदस्य पदम जिसीले सिंह कम्म्लेक्समा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीको आन्दोलनप्रति संघको ऐक्यवद्धता रहेको जनाउँदै आफूहरूको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

व्यवसायी संघर्ष समितिका संयोजक सुभप्रताप राणाले पहिलेदेखि नै निकै महंगो भाडामा लगाइएका सिंह कम्प्लेक्सका सटरमा हाल आएर एक्कासी १ सय ३० प्र्रतिशतका दरले भाडा बढाएर अन्याय गरेको बताए । समस्या समाधानका लागि व्यवस्थापन पक्षले चासो नदेखाएपछि विगत ३८ दिनयता व्यवसायीले आफ्नो व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएको बताउँदै उनले कहीँकतैबाट सहयोग नपाएपछि बुटवल उपमहानगरपालिका समक्ष पुगेको जानकारी दिए । ३८ दिनदेखि पसल बन्द हुँदा व्यवसाय धरासायी भएको भन्दै उनले नगरपालिकाले पनि छानबिनमा ढिलाइ गरेको गुनासो गरे ।

  • 115
    Shares