You are here
Home > समाचार > कनिष्ठलाई बढुवा गरेको भन्दै एसपी उप्रेतीद्धारा राजीनामा

कनिष्ठलाई बढुवा गरेको भन्दै एसपी उप्रेतीद्धारा राजीनामा

२७ माघ २०७५, आईतवार १२:३९

काठमाडौं-नेपाल प्रहरीको एसपीबाट एसएसपीमा शनिबार भएको बढुवामा छुटेपछि महानगरिय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो।सोही सिफारिसको सूचीमा सिनियर रहेका एसपी उप्रेतीको नाम परेन। तर, उप्रेती भन्दा एक वर्ष जुनियर र कार्यक्षमतामा कमजोर मानिएका एसपी दिपक थापा भने एसएसपीमा बढुवा हुन सफल भएका छन् ।

एसपी उप्रेतीले आफूभन्दा जुनियरलाई बढुवा गरिएको र पदमा रहन नैतिकताले नदिएको भन्दै असन्तुष्ट जनाएर प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन्। उनले आफ्नो भविष्य नै अन्धकारमा धकेलिएको जिकिर गरे।

टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल, रामदत्त जोशी, पोशराज पोखरेल एसपी उप्रेतीभन्दा जुनियर प्रहरी अधिकारी हुन्। उनले यस अघि बारा, रसुवा, सिन्धुली, उदयपुरलगायतका जिल्लाको कमाण्ड सफलतापूर्वक सम्हालेका थिए।