You are here
Home > समाचार > म्याग्दीमा जीप दुर्घटना हुँदा १२ जना घाइते

म्याग्दीमा जीप दुर्घटना हुँदा १२ जना घाइते

२७ माघ २०७५, आईतवार १९:११

म्याग्दी-म्याग्दीमा जीप दुर्घटना हँदा १२ जना घाइते  भएका छन् । घाइते मध्यका एक जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत पोखरा लगिएकाे छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा आइतबार सदरमुकाम बेनीदेखि राखुका लागि छुटेको ग १ ज ५८९९ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीपमा सवार रघुगंगा–३, राखुपिप्लेकी गम्भीर घाइते ३७ वर्षीया सरस्वती परियारकाे बेनी अस्पताल म्याग्दीमा उपचारपश्चात् थप उपचारका लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए । उनकाे फोक्सोमा समस्या देखिएको, करङहरु भाँचिएको र ३२ देखि ३४ हप्ताको गर्भ रहेको हुँदा पोखरा रिफर गरिएको बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले जानकारी दिनएका छन् ।

घाइते भएका अधिकांशको टाउको, छाती, हातखुट्टा र अनुहारमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइते सबैको अहिले बेनी अस्पताल म्याग्दीमा उपचार भैरहेको छ । सवारीचालक गोपी परियारलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।