You are here
Home > समाचार > भिआइपीकाे  सुरक्षामा खटिएका अंगरक्षक फिर्ता बोलाइयो

भिआइपीकाे  सुरक्षामा खटिएका अंगरक्षक फिर्ता बोलाइयो

२८ माघ २०७५, सोमबार १७:४५

काठमाडौं-नेपाल प्रहरीले विशिष्ट व्यक्ति र नेतालगायत भिआइपीकाे  सुरक्षामा खटिएका २८० जना अंगरक्षकलाई फिर्ता बोलाएको छ ।प्रहरीले अनावश्यक रुपमा प्रहरीकै बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकारीसँगै नेताहरुको सुरक्षामा रहेका २८० जनालाई पछिल्लो १० महिनाको अवधीमा फिर्ता बोलाएको हो।

गत बैशाखदेखि पुससम्म बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरुसँग रहेका १६३ प्रहरी कर्मचारीहरुलाई फिर्ता बोलाइएको हो।

जसमा प्रहरी सहायक निरीक्षक (असई) १६ जना, प्रहरी नायव निरीक्षक (सई) एकजना,प्रहरी हवल्दार ४१ जना, प्रहरी जवान ८० जना र प्रहरी कार्यालय सहयोगी २५ जनालाई प्रहरी अधिकारीकै साथबाट फिर्ता बोलाइएको छ।

यस्तै अन्य नेता, पूर्वमन्त्री, सासंदलगायत विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ११७ जनालाई फिर्ता बोलाइएको हो । जसमा प्रहरी सहायक निरीक्षक (असई) २५ जना, प्रहरी नायब निरीक्षक (सई) २६ जना, प्रहरी जवान २७ जना र प्रहरी कार्यालय सहयोगी २ जना, प्रहरी हवल्दार ३७ जना छन् । आईजीपी सर्वेन्द्र खनालको निर्देशनमा उनीहरुलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीभित्र कारवाही र पुरस्कार सँगसँगै प्रहरी प्रधान कार्यालयले कारवाही र पुरस्कारको व्यवस्था सँगँंगै अगाडि बढाएको छ । आईजीपी खनालले विभिन्न कार्यक्रममा नराम्रो गर्नेलाई दुरुत्साहन र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने बताउँदै आएका छन् । पछिल्लो समय कारवाही भन्दा पुरस्कृत हुने प्रहरीको संख्या भने बढ्दो छ ।