You are here
Home > कला > छाउघर उपन्यासका लेखक राज सरगम सम्मानित

छाउघर उपन्यासका लेखक राज सरगम सम्मानित

२८ माघ २०७५, सोमबार १८:०५

उदयपुर- छाउघर र छाउघर उपन्यासका लेखक राज सरगम पूर्व शिक्षामन्त्री चित्रलेखा यादवबाट सम्मानित भएका छन् । महिला हिंसा विरुद्व गरिएको कार्यक्रम प्रथम राष्ट्रिय बेटी सम्मेलनमा लेखक राज सरगमको छाउघरलाई सम्मान गरिएको हो ।

सुदूर पश्चिम र मध्यपश्चिममा व्याप्त छाउपडी प्रथा विरुद्व लेखिएको उपन्यास छाउघर २०७३ सालको मदन पुरस्कार तथा पद्धमश्री पुरस्कारमा मनोनित समेत भएकाे थियाे । उपन्यासमा महिनावारी भएकी १२ बर्षिया बालिकाले  छाउघरमा बसेर कटाएकाे दुख, पीडा र मनाेदसाकाे सचित्र तस्विर उतारिएकाे छ ।

उदयपुरको गाईघाटमा भएको कार्यक्रमलाई मुलधार महिला सेवा केन्द्रले आयोजना गरेको थियो । महिला हिशां र विभेदकाे विरुद्धमा सञ्चालन गरिएकाे बेटी सम्मेलन माघ २७ देखि शुरु भएकाे हाे र भाेलीसम्म जारी रहने छ ।